१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
Invalid date format १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५३:oo

बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।

गाउँपालिका– ६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खाने–बस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘चालू शैक्षिक सत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।’

छात्रवासमा नौजना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भने, ‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरूबाट सहयोग लिने गरेका छाै‌ँ ।’

अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खान–बस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु. १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुईजना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एकजना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।