मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ४ आइतबार १९:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेस्ट फाइनान्सको ‘ग्रिन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १९:o७:oo

‘ग्रिन फाइनान्सिङ’का लागि स्रोत जुटाउने उद्देश्यले बेस्ट फाइनान्सले ‘ग्रिन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रिन फाइनान्स ट्क्यासोनोमी, २०२४’मा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रिन सेभिङ्स डिपोजिट प्रडक्ट’ ल्याएको हो।

उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रिन फाइनान्स ट्क्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्‍याउने फाइनान्सले जनाएको छ। त्यसका लागि हरेक ग्राहकका तर्फबाट एउटा बिरुवा रोपिदिने व्यवस्था बेस्ट फाइनान्सले मिलाएको छ। 

विभिन्न स्थानीय निकायहरूसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने र पाँच वर्षपछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेस्ट फाइनान्सले लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ।

उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेस्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिएन घर्ती र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं)को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन्।

बेस्ट फाइनान्स र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालले संयुक्त रूपमा गोदावरी नगरपालिका– १, गोदामचौरस्थित खाली जग्गामा ५०० बिरुवा रोपिसकेका छन्। उक्त वृक्षारोपण कार्यक्रमलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढी क्लबहरूले ऐक्यबद्धता जनाएका छन्।