मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘मातृभूमि हिरो’ अवार्ड एआइजी दान कार्कीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रदान गरिएको छ। रोटरी क्लब अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औँ वार्षिक उत्सव समारोहमा कार्कीलाइ ‘मातृभूमि हिरो’ अवार्डले सम्मान गरिएको हो।

एआइजी कार्कीलाई एक समारोहबिच रोटरी क्लबका डिस्ट्रिक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र माला लगाई सम्मान गरेका छन्। उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसास्वरूप सम्मान गरेको क्लबले जनाएको छ।

विधिको शासन र कानुन कार्यान्वयनमा अतुलनीय भूमिका निर्वाह गरी कार्कीले सामाजिक सुव्यवस्था कायम गरेको रोटरी क्लब अफ मातृभूमि बालुवाटारको सम्मानमा उल्लेख छ ।मातृभूमिले हरेक वर्ष परोपकारी कार्य गरी समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिलाई हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ।

क्लबले उक्त अवसरमा रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा चुनिएका क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाइ विशेष सम्मानसमेत गरेको छ।

१०औँ पदस्थापनमा आयोजित सम्मान कार्यक्रममा रोटरीका पूर्वडिस्ट्रिक गभर्नर एवं पदाधिकारीहरू, सामाजिक एवं व्यावसायिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।

निर्मल ढकालको नेतृत्वमा नयाँ समिति

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उद्यमी निर्मल ढकालले गर्ने भएका छन्। डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष ०२५/२६ को नेतृत्व गर्ने छन्।

क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष निगम हुमागाईंसहित पूर्वअध्यक्षहरू विनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्य रहेका छन्।