मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
टोकियो
२o८२ श्रावण ४ आइतबार १६:४३:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा टीकाराम खरेलको उम्मेदवारी घोषणा

Read Time : > 1 मिनेट
टोकियो
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १६:४३:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको वरिष्ठ उपाध्यक्ष पदमा टीकाराम खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल एनआरएनए जापानको महासचिव हुन् । 

एनआरएनए जापानको वर्तमान महासचिव खरेलले आगामी कार्यकाल (२०२५–२०२७) का लागि वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।गैरआवासीय नेपाली संघ जापानको महाधिवेश यही जुलाई २० गतेबाट सुरु हुँदै छ । नयाँ नेतृत्व चयनका लागि जुलाई २७ गते मतदान हुनेछ । 

लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै आएका खरेलले उम्मेदवारी घोषणा गर्दै यस संस्थाको सुदृढीकरण, पारदर्शिता र सबै नेपालीको साझा र विश्वासयोग्य संस्था निर्माण गर्न आफू हरेक रूपमा सक्रिय तरिकाले समर्पित हुने प्रतिबद्धता जनाए। उम्मेदवारी घोषणा गर्दै खरेलले भने, ‘इमानदारिता, आर्थिक पारदर्शिता र लगनशीलता : सक्षम, सबल र साझा एनआरएनए मेरो प्रतिबद्धता हो।’

दश वर्षभन्दा लामो अनुभव
सन् २००८ मा साधारण सदस्यका रूपमा एनआरएनएको यात्रा सुरु गरेका खरेलले सन् २०१३ देखि संस्थाभित्र विभिन्न तहमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिँदै आइरहेका छन्। सन् २०२३/२०२५ को कार्यकालमा महासचिवको जिम्मेवारी सम्हाल्दै आएका खरेलले यस अवधिमा संस्थाको सुदृढीकरण, व्यवस्थापन र अन्तरसम्पर्कमा उल्लेखनीय भूमिका खेलेका छन्।

विधि, विधान र कानुनी पालना
खरेलले एनआरएनए जापानलाई विधिसम्मत, समावेशी र सबै नेपालीको गर्वको केन्द्र बनाउने अठोट व्यक्त गरेका छन्। उनले भने, ‘संस्थाको विधि, विधान र जापानको प्रचलित कानुनको सम्मान गर्दै अघि बढ्नेछु।’ खरेलले पारदर्शिता, जवाफदेहिता र नतिजामुखी नेतृत्वका माध्यमबाट एनआरएनएलाई थप विश्वासिलो र सक्षम बनाउने प्रतिबद्धता दोहोर्‍याए।

एनआरएनएको अभियानमा लामो समयदेखि जोडिँदै आएका खरेल युवा, नतिजामुखी र समन्वयात्मक नेतृत्व शैलीका कारण सहकर्मीहरूबिच विश्वासिलो व्यक्तित्वका रूपमा परिचित छन्।

उम्मेदवारीसँगै खरेलले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई अपिल गर्दै भने, ‘म तपाईंहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु। तपाईंहरूको सहयोगले मलाई यो जिम्मेवारी वहन गर्न थप ऊर्जा र आत्मबल प्रदान गर्नेछ।’