मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
तिवारी यादव वीरगन्ज
२o८२ श्रावण ४ आइतबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पकहाँ मैनपुरकी उपाध्यक्ष नेशाले लिइन् दोहोरो सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १५:२३:oo

पर्साको पकहाँ मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशाले दोहोरो सुविधा लिएको पाइएको छ। गत आर्थिक वर्ष ०८०/८१ मा पालिका उपाध्यक्ष नेशाले पालिकाबाट सवारीसाधन र इन्धन सुविधा लिएर यातायात खर्च पनि बुझेको पाइएको महालेखाले औँल्याएको छ।

मधेश प्रदेश सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को दफा ३ मा पदाधिकारी तथा सदस्यले दोहोरो नपर्ने गरी सुविधा प्राप्त गर्ने व्यवस्था छ। सोही ऐनको दफा ४ को उपदफा ४ मा सवारीसाधान पाउने पदाधिकारीले इन्धन मोबिल पाउने, यदि सवारीसाधन उपलब्ध नभए यातायात खर्च पाउने व्यवस्था छ। तर, यातायात खर्च लिएका पदाधिकारीले भने इन्धन सुविधा नपाउने व्यवस्था गरिएको छ।

तर, उपाध्यक्ष नेशाले सवारीसाधन र इन्धन सुविधा लिएर पुनः यातायात खर्च बुझेकाले एक लाख ३० हजार पाँच सय रकम असुल गर्न महालेखाले भनेको छ।

पालिका कार्यालयले गिन्नी एन्ड सन्सबाट उपाध्यक्ष नेशाका लागि कोटेसनबाट यामाहा १४९ सिसीको एफजेडएस फाइभ ३–१ नोस मोटरसाइकल खरिद गरी चार लाख ४९ हजार भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

उपाध्यक्ष नेशालाई सवारीसाधन र इन्धन उपलब्ध गराएपछि कात्तिकदेखि असारसम्म यातायात खर्चसमेत मासिक १४ हजार पाँच सयको दरले नाै महिनामा एक लाख ३० हजार पाँच सय भुक्तानी गरेको छ। मोटरसाइकल खरिद अवधिदेखि दोहोरो भुक्तानी भएकाले उपाध्यक्ष नेशाबाट एक लाख ३० हजार पाँच सय रकम असुल गर्न महालेखाले भनेको छ।