मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी कार्यालय र बैंकहरूको छाप बनाएर किर्ते गर्ने एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

सरकारी कार्यालय र बैंकहरूको छापलगायतका विवरण बनाएर किर्ते गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं– १० बस्ने झापा धरमपुरका ५२ वर्षीय सफराज खड्‌कालाई काठमाडौं– ४ महाराजगन्जबाट पक्राउ गरेको हो। उनले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा खड्‌काले विगत दुई वर्षदेखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, मालपोत, नापी, नगरपालिका, वडा, प्रहरी, कर कार्यालय, काठमाडौं जिल्ला अदालत तथा राजनीतिक दलहरूको समेत नक्कली छाप, लेटरप्याड तथा बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्पसमेत तयार गर्ने गरेको पाइएको छ।

प्रहरीले उनको कोठाबाट टियू, सिटिइभिटी, एचएसइबी र इनइबीको होलोग्राम, विभिन्न सरकारी कार्यालय र जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट, प्रिन्टर दुई थान, सिपियू एक थान, स्क्यानर रएक थान, रबर स्ट्याम्प बनाउने मेसिन एक थान र मोबाइल एक थान बरामद गरेको छ।