मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ४ आइतबार १२:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १२:११:oo

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र ०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाकाे नतिजा आएको छ ।

महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो। 

महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो। 

शनिबार बिहान  ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका हुन्। 

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अंकन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।

विद्यार्थीले प्राप्‍त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन्। परीक्षामा १४ हजार १७३ जना सहभागी भएका थिए। ५४ वटा परीक्षा केन्द्रबाट उनीहरू परीक्षामा सहभागी भएका थिए। 

ओएमआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच
परीक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिकग्निसन(ओमएआर) प्रणालीमार्फत जाँच भइरहेको महानगरपालिकाले जनाएको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्ने बताइएको छ।

काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति उपलब्ध हुने पोखरेलको भनाइ छ। यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, पाँच प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र एक प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, महिला, दलित, आदिवासी-जनजाति, मधेशी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र सहिद-बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ।