मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

गएरातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ।

‘गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन्। वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरूमा पानीको सतह निरन्तर बढिरहेको छ। यसले थप जोखिम निम्त्याएको छ। बाढी पहिरो, डुबीनको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

प्रदेश सरकारले कहीँकतै विपत्तिमा परेका भए तुरुन्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र संघीय सरकारमातहतका निकायमा खबर गर्न आग्रह गरेको छ। विपतकाे सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा गण्डकी प्रदेश सरकार सधैँ नागरिकको साथमा रहेको जनाइएको छ।