मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठ खेलाडी बाहिरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

एएफसी यू–२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट आठजना खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक नवीन न्यौपानेले आठजना खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा ३२ खेलाडी समावेश गरेका छन् । पहिलो चरणमा ४० खेलाडी थिए । यू–२३ एएफसी एसियन कप छनोटमा समूह ‘के’ अन्तर्गतको खेल सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुनेछ । यो समूहमा यी दुईसहित सिरिया र फिलिपिन्स पनि छन् । 

प्रशिक्षणमा रहेका खेलाडीमा अभिषेक स्याङ्तान, आयुष घलान, अमित तामाङ, अनिल बम्जन, आयुष तिम्सिना, अनिष क्षेत्री, एलन थापा, विवेक गुरुङ, अभिषेक वाइबा, विशाल केसी, दीपेश गुरुङ, विशाल नेपाली, दीपेश राई, जन्मेजय धामी, जियारथ सेख, क्रिशल मोक्तान, कृतिशरत्न छुन्जू, लाहन सुब्बा, निङ्मा लामा, निराज कार्की, नीराजन धामी, पेम्बा लामा, पूजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, सजञ्ीव लामा, शंकर थारू, सन्तोष खत्री, सीमान्त थापा, सुजन मगर र सुमित श्रेष्ठ छन् ।