मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३ शनिबार १o:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मन्त्रीलाई गिज्याउँदै नारायणगढ–बुटवल सडकखण्ड र बिपी राजमार्ग

भौतिक पूर्वाधारमन्त्री दाहालको एक वर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १o:५६:oo

एक सय १३ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडक निर्माण थालेको सात वर्ष भयो, तर अहिलेसम्म ६९ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । अर्थात्, दुवैतर्फ गरेर ८० किलोमटिर मात्रै कालोपत्रे हुन सकेको छ । ०७९ साउनमा सक्ने गरी काम थालिएको सडकको पटक–पटक गरेर आगामी ८ साउनसम्मका लागि म्याद थपिएको थियो । तर, अहिले पनि काम सकिने छाँट छैन । जसकारण यात्रुहरू दैनिक ४ देखि ६ घण्टाको जाम र हिलो बाटोको सामना गर्दै यात्रा गर्न बाध्य छन् । बर्खा लागेयता सडक हरेक दिन अवरुद्ध हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले वैकल्पिक बाटोबाट यात्रा गर्न सूचना जारी गर्न थालेको छ । खासगरी नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा चर्काे सवारी जाम हुने गरेको छ । अझै एक वर्ष म्याद थप गर्ने सरकारी तयारी छ ।

गत असोजको बाढीले भत्काएको सडक अझै निर्माणको पर्खाइमा
गत १२ असोजको बाढीले भत्काएको बिपी राजमार्ग पुनर्निर्माणमा सरकारले चरम लापरबाही गरेको छ । हिउँदभर डाइभर्सन बनाएर खोलाको बगरबाट कष्टकर यात्रा गरे पनि बर्खामा बाढीले बाटो नै बन्द हुने अवस्था छ । सरकारले पुनर्निर्माणका लागि भर्खरै ठेक्का लगाएको छ । असुरक्षाको कारण देखाउँदै प्रहरीले ७ असारदेखि राति बिपी राजमार्ग हुँदै यात्रा गर्न निषेध लगाएको छ ।

७६.४१ प्रतिशत पुँजीगत खर्च, ९३० किमि कालोपत्रे
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आव ०८१/८२ मा विगतको भन्दा धेरै ७६.४१ प्रतिशत पुँजीगत खर्च भएको बताएका छन् । ‘औसत राष्ट्रिय पुँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढी हामीले खर्च गर्न सकेका छौँ,’ उनले भने । गत आवमा ९ सय ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा नौ सय ३२ किलोमिटर कालोपत्रे भएको पनि उनले जानकारी दिए ।

मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्य प्रगति विवरण

  • आव ०८०/८१ मा निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने बक्यौता आठ अर्ब ६६ करोड गत आवमा चुक्ता गरिएको छ, तर अझै निर्माण व्यवसायीले पूरा रकम पाएका छैनन् ।
  • ललितपुरको ग्वार्कोमा फ्लाई ओभर सञ्चालन
  • सिद्धबाबा सुरुङमार्गको ११ सय २६ मिटरको सुरुङ खन्ने र करिब नौ सय मिटर कंक्रिट लाइनिङ गर्ने काम सकिएको छ 
  • मध्यपहाडी र हुलाकी राजमार्गका विभिन्न खण्डमा समान ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा क्रमश: ५८.५ किलोमिटर र ९२.५ किलोमिटर कालोपत्रे भएको छ ।
  • कर्णाली नदीमा बेलिब्रिज राखेर हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
  • नागढुंगा सुरुङमार्गको टनेल निर्माण गरी लाइटिङ, भेन्टिलेसन, आगलागी नियन्त्रण, पावर सप्लाई तथा सूचना प्रणालीसँग सम्बन्धित उपकरण जडान गरिएको छ ।
  • पृथ्वी राजमार्गको मुग्लिन–पोखरा पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक तयार भएको छ । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्म ३८ किलोमिटरमध्ये १० किलोमिटर एकतर्फी दुई लेन कालोपत्रे भएको र २६ किलोमिटर चार लेन कालोपत्रे भएको छ ।
  • वर्षौँदेखि ठेक्का लागेर निर्माण सम्पन्न नभएका एक सय २० आयोजनाको ठेक्का तोकिएको र एक सय ५१ ठेक्का तोड्ने वा निर्माण थाल्ने विषयमा अध्ययन भइरहेको छ ।
  • पूर्व–पश्चिम रेलमार्गको महोत्तरी बर्दीबास चोचा खण्डमा ३.६१ किलोमिटर मात्रै ट्रयाक वेड निर्माण गरिएको छ । 
  • सुरक्षण मुद्रण केन्द्रसँग सवारीचालक अनुमतिपत्र छपाइ गर्न सम्झौता भए पनि लाइसेन्स लिन करिब एक वर्ष कुर्नुपर्ने बाध्यता हटेको छैन ।