मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको दोस्रो चरणको प्रशिक्षण भारतमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

राष्ट्रिय टोलीका २० क्रिकेटरले २१ जुलाईदेखि ३ अगस्टसम्म भारतको चर्चित राष्ट्रिय क्रिकेट एकेडेमीमा विश्वकप छनोटको तयारी गर्नेछन् । भिभिएस लक्ष्मण डाइरेक्टर रहेको एकेडेमीमा नियमितजस्तो भारतकै सिनियर खेलाडी प्रशिक्षण गर्न आउँछन् । 

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन प्यासिफिक छनोटको तयारी गर्न नेपालका २० क्रिकेटरले भारतको चर्चित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार भारतीय दूतावासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को सहयोगमा बेंग्लोरमा रहेको एनसिएमा प्रशिक्षण गर्ने जनाएको छ । क्यानले प्रशिक्षक स्टुवार्ट लको सूचीअनुसार प्रारम्भिक ३२ टोली घोषणा गरेको थियो । एनसिएमा अहिले २० खेलाडीले दोस्रो चरणको प्रशिक्षणमा सहभागी हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । छनोटमा परेका बाँकी १२ जना खेलाडीले नेपालमै प्रशिक्षण गर्नेछन् । 

खेलाडीले भारतको बेंग्लोरमा रहँदा २१ जुलाईदेखि ३ अगस्टसम्म प्रशिक्षण लिनेछन् । तीन वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका मोहम्मद आदिल आलम भारत जाने लिस्टमा छैनन् । उनको स्थानमा युवा स्पिनर युवराज खत्रीले स्थान बनाएका छन् । 

एकेडेमीमा प्रशिक्षण लिएपछि नेपाली टोली अस्ट्रेलियामा हुने सिरिजमा सहभागी हुन जानेछ । नेपालले पाकिस्तान र बंगलादेशका ‘ए’ टोलीसँगै विश्वचर्चित बिग बास लिगमा आबद्ध टोलीसँग पनि अभ्यास खेलमा सहभागी जनाउनेछ ।

नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट खेल्नेछ । तेस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको नेपालले तयारीलाई विशेष जोड दिएको छ । विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नुअघि नेपालले ऐतिहासिक रूपमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्नेछ । 
नेपालले पहिलोपटक एकदिवसीय तथा टी–२० विश्वकप समान दुईपटक जितेको वेस्ट इन्डिजसँग टी–२० आई खेल्न लागेको हो । 

विश्वकपअघि वेस्ट इन्डिजसँग सिरिज
डेढ वर्षअघि नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीविरुद्ध मूलपानीको मैदानमा प्रतिस्पर्धा गरेको थियो । विश्वकप छनोटमा नौ राष्ट्रको सहभागिता रहनेछ । सहभागी राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई देशले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् । नेपालले छनोटको समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ । नेपालको समूहमा नयाँ प्रतिद्वन्द्वीका रूपमा जापान रहेको छ ।

खेलाडीले कस्तो सुविधा पाउनेछन् एनसिएमा
सन् २००० मा बिसिसिआईले राष्ट्रियस्तरमा प्रतिभाशाली क्रिकेटर उत्पादन गर्ने उद्देश्यका साथ राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) स्थापना गरेको हो । भारतको चर्चित रंगशाला चिन्नस्वामीनजिक रहेको एनसिएमा विश्वस्तरीय सुविधा खेलाडीले प्रशिक्षणका क्रममा प्राप्त गर्न सक्छन् । अहिले एनसिएका निर्देशक भारतीय टोलीका पूर्वक्रिकेटर भिभिएस लक्ष्मण रहेका छन् । एनसिएमा फास्ट तथा स्पिनर बलरको क्षमताअनुसार प्रशिक्षण गर्ने प्रबन्ध मिलाइएको छ । 

यहाँ एमआरएफ पेस फाउन्डेसन (फास्ट बलर)बाट ब्याट्सम्यानले प्रशिक्षण गर्न सक्छन् । यस एनसिएमै भारतको राष्ट्रिय टोलीमा चोट लागेका खेलाडीले रिह्याब लिने गर्छन् । सन् २०२३ मा यसै एकेडेमीमा चोटमुक्त हुन सिनियर टोलीका जसप्रित बुमराह, प्रसिद्ध कृष्ण तथा रिषभ पन्त भर्ना भएका थिए । 

सन् २०१४ मा बिसिसिआईले क्रिकेट अस्ट्रेलिया तथा इंग्ल्यान्ड क्रिकेट बोर्डको सुझावमा एकेडेमीलाई विश्वस्तरीय बनाएको थियो । त्यसवेला यहाँ भौतिक पूर्वाधार व्यापक रूपमा परिवर्तन गरिएको थियो । सन् २०२२ मा बिसिसिआईका अध्यक्ष सौरभ गांगुली तथा सचिव जय शाहले सुविधासम्पन्न जिमखाना सँगै एकैपटक ४० वटा पिच बनाएका थिए । यहाँ एकपटकमा ४० ब्याट्सम्यानले प्रशिक्षण गर्न सक्छन् । उनीहरूले स्विमिङ पुल र डे«सिङ रुम पनि थपे । भारतीय टोलीका पूर्वप्रशिक्षक राहुल द्रविडले पनि प्रशिक्षण दिनेछन् ।