मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
Invalid date format o५:५२:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साउन ३ देखि ९ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५२:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन ३ गते शनिबारदेखि साउन ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जित्न सकिनेछ । नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रतिनिधिमूलक यात्राको सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ । भविष्यका लागि लगानीको समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आरोग्य र स्फूर्ति बढ्नेछ । प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । प्रशस्त धनलाभ हुनेछ । अधुरा काम बन्ने समय छ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । केही झमेला, विवाद र चोटपटक लाग्न सक्छ, सचेत रहनुहोस् । केही अस्वस्थता र कामको दायित्व बढ्नेछ तापनि प्रयत्न गर्दा इच्छाएको वस्तु प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । व्यापार–व्यवसायमा फाइदा होला । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धनलाभ हुनेछ । अप्ठ्यारा चुनौतीलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमणको सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पनि पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । पारिवारिक असमझदारीको भने सम्भावना छ । बुधबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौती सजिलै पार लाग्नेछन् । रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मानसमेत पाइने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कर्मप्राप्तिको योग छ । सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धनआर्जन गर्ने मौका छ । आफन्तबिच असमझदारी र गलत निर्णयले फाइदा अरूकै हातमा जान सक्छ, सचेत रहनुहोस् । पढाइलेखाइको गतिमा कमी आउने देखिन्छ । तापनि, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ । गरेका कामबाट प्रशस्त फाइदा उठाउने मौका मिल्नेछ । वैचारिक क्षमता बढ्नेछ । आँटेका सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । पढाइ–लेखाइमा प्रगति हुनेछ । कृषि र व्यापारमा लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । विभिन्न अवसरले पछ्याउनेछन् । कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाटको समय छ । विभिन्न उपहारसमेत पाइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम बन्ने देखिन्छ । सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । बुधबार भने अलि खर्च र विवाद बढ्ने योग छ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अलि दौडधुप गर्नुपर्ला । तापनि, अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ, आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मन पर्ने वस्त्र, अलंकार आदि लाभ हुने योग रहेको छ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगी जुट्नेछन् । अधुरा काम बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताको सुरुमै राम्रो आम्दानी होला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका रहेको छ । टाढाको यात्रा हुने सम्भावना छ । बिहीबारदेखि काममा उत्साह, आरोग्य एवं स्फूर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण हुने सम्भावना छ । नयाँ काम गर्ने मौका मिल्नेछ । रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आम्दानी पनि प्रशस्तै हुनेछ । समग्रमा साता उत्साहवर्धक नै रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रमाइलो यात्राको योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मंगलबारपछि भने केही समस्यामा परिनेछ । चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना काममै अल्झिनुपर्ने समस्या आउलान् । बिहीबार साँझदेखि स्थितिमा सुधार आई समयअनुकूल बन्नेछ । धर्मकर्ममा मन जाला । समाजसेवा, परोपकारजस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछ । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नयाँ काम पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा कामको बोझ थपिनेछ । व्यावहारिक समस्या पनि आउलान् । सप्ताहान्तमा स्थितिमा सुधार आउला । बिस्तारै नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमणको सम्भावना छ । नयाँ काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आय–आर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ ।