
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा भारतले मंगलबार उत्कृष्ट सुरुवात गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्पोर्टस् कम्प्लेक्समा चारपटकको विजेता भारतले माल्दिभ्समाथि ६–० को जित निकाल्यो ।
जितका साथ भारत समूह ‘बी’को शीर्ष स्थानमा रह्यो । भारतको जितमा डल्लामुवन गांतेले दुई गोल गरेका थिए । ऋषिकेश छरण, कामगोहाउ डोउंगेल, गुनलेइबा वाङखेइराकपम र आजिम पर्भिज नजरले समान एक गोल गरे । भारते पहिलो तथा दोस्रो हाफमा समान तीन गोल गरेको थियो । भारतको समूहमा पाकिस्तान र भुटान छन् ।