मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १५:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक संवादबाट शान्तिपूर्ण समाधान निकाल्न राज्यका सबै संयन्त्रको संयुक्त अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १५:२o:oo

सुरक्षालगायत राज्यका सबै संयन्त्रले राजनीतिक संवादबाट शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन्। मुख्यसचिव, प्रधानसेनापति, गृहसचिव, सशस्त्र र नेपाल प्रहरीका महानिरीक्षक तथा प्रमुख अनुसन्धान निर्देशकले शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका हुन्।

‘हिजोदेखि काठमाडाैंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति भएको छ। यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं सम्बद्ध प्ररिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ,’ अपिलमा भनिएको छ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृतसमेत भएको उल्लेख गर्दै उनीहरूले थप जनधनको क्षति हुन नदिन संयमित हुन सबै नागरिकलाई आग्रह गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृतसमेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ,’ उनीहरूले भनेका छन्।