मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दमक भ्युटावरमा आगजनी र तोडफोड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:५५:oo

दमकको दमक भ्युटावरमा प्रदर्शनकारीले तोडफोड सुरु गरेका छन्। ठुलो संख्यामा रहेका प्रदर्शनकारीले तोडफोड गर्दै परिसरमा आगजनी गरेका छन्।

प्रहरीको उपस्थिति शून्य भएपछि आन्दोलनकारी उग्र बनेका छन्। उनीहरूले दमकस्थित प्रहरी कार्यालयमा पनि तोडफोड गरेका थिए। टावरको गेट फुटाएर प्रदर्शनकारी भित्र प्रवेश गरेका हुन्। 

झापामा केपी ओलीको घरसहितका कार्यालयका स्थानमा आगजनी गरिएको छ ।