
दमकमा रहेकाे प्रधानमन्त्री केपी ओलीको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार ठुलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले आगजनी गरेका हुन्। दमक– ९ मा रहेको यो घर ओलीको भाडाको घर हो। उनी झापा आउँदा यही घरमा बस्ने गरेका छन्।
त्यसअघि प्रदर्शनकारीले दमक नगरपालिका र कांग्रेसको नगर कमिटीको कार्यालयमा आगजनी गरेका थिए।