मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा पुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ : पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।

मंगलबार विज्ञप्ति निकालेर उनले प्रहरीको गोली लागेर ठुलो संख्यामा विद्यार्थीले ज्यान गुमाएको घटनाबाट आफू मर्माहत भएको बताएकी छिन् ।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छिन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

भण्डारीले आन्दोलनमा युवा पुस्ताले उठाएका मागलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘नेपाल सरकार, राजनीतिक दल र सरोकारवालाहरूले संवेदनशील भई वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न आवश्यक छ।’