मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा जेन–जीको आन्दोलनले उग्र रूप लियो, सरकारी कार्यालयहरूमा तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १२:२३:oo

बेरोजगारी, असमानता र भ्रष्टाचारविरुद्ध उठेको जेन–जी पुस्ताको आन्दोलन आइतबार हेटौँडामा झन् उग्र बनेको छ । बिहान शान्तिपूर्ण नाराबाजीका रूपमा सुरु भएको विरोध दिउँसोतिर हिंसात्मक रूप लिँदै सरकारी संरचनामै तोडफोडसम्म पुगेको छ ।

बिहानैदेखि हेटौँडा– ४ शीतलमहल चोकमा जम्मा भएका प्रदर्शनकारीकाे संख्या सीमाचोक, बुद्धचोक हुँदै मानसचोक पुगेपछि भिड बाक्लिएको थियो । ठुलो संख्यामा नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकाको भवन लक्षित गर्दै तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै भवनका सिसा फुटाएका थिए । तोडफोडका कारण मुख्यमन्त्री कार्यालयको अगाडिको गेट र पर्खाल क्षतिग्रस्त बनेको छ भने प्रशासन कार्यालयको सिसा फुटेको छ । जेन–जी नेताहरूले माग पूरा नभएसम्म आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन् । स्थानीय व्यापारीले बजार बन्द गराएका छन् । 

उता मनहरीमा पनि प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले एमाले मनहरीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।