
बेदकोट नगरपालिका–१० दैजीका २० वर्षीय बलभद्र राना बल्मा नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार राना मंगलबार साँझतिर नदीमा हाम फालेका हुन् । उनको खोजीका लागि सुरक्षाकर्मी खटिए पनि फेला परेका छैनन । रानाले किन हाम फाले भन्ने बारे अनुशन्धानका भइरहेको प्रवक्ता बोहराले बताए ।
कञ्चनपुरका पाँच दिनदेखि लगातार वर्षाले भइरहेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।