मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार

जग्गा कारोबारको विवादमा काठमाडौंमा अपहरण, तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३४:oo

जग्गा कारोबारको लेनदेन विवादमा काठमाडौंमा एक व्यक्तिको अपहरण भएको छ । सोमबार दिउँसो तारकेश्वर नगरपालिका–१ साङ्लामा राजु पंडितको अपहरण भएको हो । 
अपहरणमा संलग्न स्थानीय ४१ वर्षीय विराजसिंह लवट खत्री, ४४ वर्षीय राज लवट खत्री र ३९ वर्षीय सन्तोष महर्जन पक्राउ परेका हुन्।

उनीहरूले फुटुङको पदमचक्र स्कुलनजिकैबाट पण्डितलाई जबर्जस्ती मोटरसाइकलमा राखेर मंगल दासको घरमा लगेर बन्धक बनाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनको घरमा बन्धक बनाई घरबाट चेक मगाउन लगाएर दुई करोड २३ लाख ५० हजार रुपैयाँको चेक काट्न लगाइएको थियो। सोही अवस्थामा प्रहरीले सूचना पाएपछि उनको उद्धार गरी अपहरणमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पंडितले मगलदासलाई घरजग्गा कारोबारको ६३ लाख ५० हजार रुपैयाँ दिन बाँकी रहेको देखिन्छ । सोही कारण उनले मान्छे लगाएर अपहरण गराएका हुन् ।