मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
तिवारी यादव वीरगन्ज
२o८२ भदौ १६ सोमबार २o:o९:oo
Read Time : > 1 मिनेट
समाचार

खानेपानीमन्त्रीलाई धम्की दिएको आरोप पक्राउ परेकी किरणको रिहाइ माग गर्दै प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार २o:o९:oo

खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी युवती किरण साहको रिहाइको माग गर्दै सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साअगाडि महिलाहरूले प्रदर्शन गरेका छन्। 

वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको बारे साहले मन्त्रीसँग जानकारी लिन खोज्दा पक्राउ परेको भन्दै प्रदर्शनकारीले तत्काल रिहाइको माग गरेका छन् । प्रदर्शनमा सहभागी जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य करिमा बेगमले फोनमा प्रश्न सोधेकै भरमा पक्राउ परेकी किरण साहलाई तत्काल छाड्न प्रहरीलाई आग्रह गरिन्। उनले पदमा बस्नेसँग प्रश्न गर्दासमेत पक्रेर मुद्दा दर्ता गर्ने काम गलत भएको बताइन्। 

यस्तै, प्रदर्शनको क्रममा किरणकी आमा साबित्री साहले मन्त्रीले पद, पावरको भरमा छोरीलाई पक्राउ गर्न लगाएको बताइन् । तत्काल रिहाइ नगरे थप अन्य महिलालाई पनि प्रदर्शनमा सहभागी गराउने उनले चतावनी दिइन् । 

प्रदर्शनमा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी दलित मुक्ति संगठनकी कोषाध्यक्ष ताराकुमारी राम, समाजवादी महिला संघ पर्साकी अध्यक्ष संगीता तिवारी, जनमत पार्टीकी महिला नेतृ नजमा खातुनसहितका महिलाको उपस्थिति थियो । 

किरण साहविरुद्ध जिल्ला अदालत पर्साबाट तीन दिन पुर्पक्षमा राख्न म्याद थप भएको छ । शनिबार पक्राउ परेकी किरणविरुद्ध तीनवटा मुद्दामा अदालतबाट म्याद थप भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

किरणविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, सघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दामा म्याद थप भएको उनले बताए। 

शनिबार मन्त्री यादवको सचिवालयबाट किरणविरुद्ध उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको उल्लेख छ । 

किरणले मन्त्री यादवलाई हैजा लागेर मान्छे मरेको तपाईं के गर्दै हो ? भन्ने प्रश्न गरेकी थिइन् । शुक्रबार राति सामाजिक सन्जालमा सार्वजनिक एउटा अडियोमा खानेपानीमन्त्री यादव र किरणबिच कुराकानी भएको छ । उक्त अडियोमा किरणले कडा शब्दमा मन्त्री यादवलाई वीरगन्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छिन् ।   

उनले खानेपानीमन्त्रीलाई फोन गरेर हैजासँग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर, पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा सुनिन्छ ।

छुटाउनुभयो की ?