मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:oo:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीद्वारा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करणको उद्घाटन गरेका छन्।

मिडिया स्पेस सोल्युसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेंट्स, तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेका छन् ।

स्वदेशी तथा विदेशी कम्पनीहरूका सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्टुिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङका सामग्री, तार, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत् तथा विद्युतीय सामग्रीहरूको निर्यातमा अपार सम्भावना रहेको कुरामा जोड दिए ।

भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता देख्दा नेपालमा पनि ऊर्जा तथा ऊर्जासँग सम्बन्धित उत्पादनहरूको सम्भावना निकै राम्रो रहेको बताए।

विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

नेपालीहरूको महान् पर्व बडादसैंँको केही हप्ताअगाडि आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरूले सहज तथा सुलभ रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा ल्याएर व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे सन्देश फैलाउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको छ ।

नेपाल इलेक्ट्रिक, पावर, लाइट्स् तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरायसी रूपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ ।

विभिन्न विद्युतीय माध्यमहरूको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जलविद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनी भदाै १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

छुटाउनुभयो की ?