मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१६:oo
Read Time : < 1 मिनेट
समाचार

डा. हरिदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार हुमागाईंलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१६:oo

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आर्थिक अभियान राष्ट्रिय दैनिकका संवाददाता यादव हुमागाईंलाई प्रदान गरिने भएको छ । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित एक लाख राशीको पुरस्कार हुमागाईंलाई प्रदान गरिने भएको हो ।

डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको १०औँ वार्षिक पुण्य स्मृति दिवस पारेर आगामी २१ भदौमा प्रदान गरिने भएको छ । जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो। फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ।

यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश: नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बन्जाडे र कृष्ण रिजाललाई प्रदान गरिएको थियो।