मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरिया पठाइदिन्छु भन्दै ९ जनाबाट एक करोड बढी ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितहरूबाट एक करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। थेवेलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।