मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ ५ बिहीबार १३:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको पक्षमा ३४ लाखले गरे हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १३:o३:oo

रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधविरूद्ध हस्ताक्षर संकलन अभियान जारी छ। आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ। साथै अभियानका लागि सहयोग रकम ६५ लाख संकलन भएको छ।

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनीष झाले बताए।

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए। उनले भने, ‘हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहराले गर्नुभएको छ।’

रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।