मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार

एकैपटक २७ जिल्लाका सिडिओ फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o२:oo

गृह मन्त्रालयले एकैपटक २७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सहसचिवतर्फ १५ तथा  उपसचिवतर्फ १२ सिडिओ फेरिएका छन् ।   

गृहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी पनि अवधि नपुगी हटाएको छ । ऋषिराम तिवारीलाई हटाएर छवि रिजाललाई काठमाडौैंको सिडिओ बनाइएको छ । त्यस्तै, सहसचिवहरू तोयनारायण सुवेदीको पर्सा, सुमन घिमिरेको ललितपुर, नमराज घिमिरेको भक्तपुर र  प्रकाश पौडेलको बारामा सरुवा भएको छ ।  दोलखामा भोला दाहाल, भोजपुरमा बाबुराम गौतम, सुंखुवासभामा सृजना थपलिया, पाल्पामा बिनु बज्राचार्य कुँवर, सिराहामा वसन्त अधिकारी, सप्तरीमा टुवराज पोखरेल, धनकुटामा शिवराज गेलाल, ओखलढुंगामा मेखबहादुर मंग्राती, दाङमा विश्वप्रकाश अर्याल धादिङमा विजयराज सुवेदीलाई खटाइएको छ । 

उपसचिव सिडिओ हुने १२ जिल्लामा पनि हेरफेर गरिएको छ । बाजुरामा गणेश पौडेल, सोलुखुम्बुमा लीलाकुमार केसी, रसुवामा राजेश पन्थी, मनाङमा नवराज पौडेल, ताप्लेजुङमा शिवराज सेढाई, मुगुमा खडानन्द सुवेदी, रुकुम पूर्वमा सीता परियार, म्याग्दीमा बद्रीप्रसाद तिवारी, कालिकोटमा गोकर्णराज सुयल, रुकुम पश्चिममा दिनेकुमार थानी, डोल्पामा भीमराज कोइराला तथा हुम्लामा टेककुमार रेग्मीको सरुवा भएको छ ।  

कतिपय सिडिओलाई अवधि नपुगी सरुवा गरिएको छ भने चितवनमा कसैलाई पठाइएको छैन ।