मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डसँग रविले भने–भैरहवामा गोलघरजस्तै गरी राखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १९:१३:oo

नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई गोलघरमा जस्तै गरी राखिएको बताएका छन्।

लामिछानेसँगको भेटपछि उनको भनाइ उदृत गर्दै माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग भने– ‘उहाँको भाषामा भन्ने हो भने भैरहवामा झन्डैझन्डै गालघरमा जस्तै गरी राखियो, धेरै ठूलो पिडामा भएँ भन्ने थियो।’

भैरहवा कारागारमा बस्दाको जटिल स्थिति लामिछानेको अनुहारमै देखिएको उल्लेख गर्दै उनले भने, ‘भैरहवा बस्दाखेरीको स्थिति अलि धेरै नै जटिल, उहाँको अनुहारमा पनि देखिन्छ। उहाँ दुब्लाउनु भएको छ।’ 

नख्खु कारागारमा भने खानपान र बसाइ भैरहवाको तुलनामा राम्रो रहेको भन्दै लामिछानेले व्यवस्थापनको प्रसंसा गरेका प्रचण्डले बताए।