मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र कांग्रेस दुईदलीय व्यवस्थाको मिसनमा छन् : सांसद बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले सत्तारूढ प्रमुख दुई दलहरू दुईदलीय व्यवस्थाको मिसन बोकेर हिँडेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद बस्नेतले भने, ‘प्रमुख दुई सत्तारूढ दलहरू दुईदलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ। नेपालजस्तो बहुवर्गीय, सामाजिक, सांस्कृतिक र भौगोलिक हिसाबले विविधतायुक्त समाजमा दुईदलीय अवधारणा न त सैद्धान्तिक रूपमा ठिक छ, न व्यावहारिक ढंगले नै उपयुक्त हुन्छ।’

एमाले–कांग्रेस दुईदलीय हुँदै एकदलीय व्यवस्थामा पुग्ने व्यंग्य गर्दै उनले थपे, ‘यो उहाँहरूको दुईदलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला। प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुन्छ, त्यो उहाँहरूले नै सोच्नुभएको होला।’

उपसभामुख इन्दिरा रानालाई हटाउन भएको हस्ताक्षर संकलनप्रति आपत्ति जनाउँदै सांसद बस्नेतले सरकारले निरंकुश र प्रतिशोधपूर्ण व्यवहार देखाएको टिप्पणी गरे। उनले भने, ‘न त यो समावेशिताको अनुकूल देखिन्छ, न सामाजिक न्यायको दृष्टिले अनुकूल देखिन्छ, न त लोकतान्त्रिक देखिन्छ।’