मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार १५:४१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कमलादीमा दुईदिने तामाङ ज्ञान महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १५:४१:oo

तामाङ पहिचान दिवसको अवसरमा भदौ ५ र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादीमा १०औँ तामाङ ज्ञान महोत्सव हुने भएको छ।

दुईदिने ज्ञान महोत्सवको अवसरमा भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन तामाङ र कोर्नेल विश्वविद्यालय मानवशास्त्र विभागका प्राडा क्याथरिन एस मार्चको विद्वत् प्रवचन हुनेछ। साथै, थुप्रै तामाङ र गैरतामाङ विद्वानहरूले १८ वटा कार्यपत्र, तीनवटा समूह छलफल, एउटा अन्तर्वार्ता प्रस्तुत गर्नेछन्। 

समसामयिक विषयमा प्यानल छलफल, अन्तर्वार्ता, ताम्बा र झाँक्री (बोम्बो)ले लोकगीत (सेराप)समेत प्रस्तुत गर्ने १०औँ तामाङ ज्ञान महोत्सव मूल आयोजक समिति संयोजक निष्णु थिङले बताए।

१९८९ भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेर राणाले तामाङ लेख्न–लेखाउन इस्तिहार जारी गरेकाले सो दिनलाई पहिचान दिवसको रूपमा मनाउने गरिएको छ।