
राप्रपा सांसद रोशन कार्कीले एमाले र कांग्रेसले देशलाई दुईदलीय शासन व्यवस्थामा लैजान खोजेको आरोप लगाएकी छिन्।
बुधबार प्रतिनिधिसभामा सांसद कार्कीले उपसभामुखलाई हटाउने खेल त्यसैको उपज रहेको दाबी गरिन्। ‘एमाले र नेपाली कांग्रेसले यो देशलाई दुईदलीय शासन पद्धतिमा लान खोजिराखेका छन्,’ उनले भनिन्, ‘त्यसकारण म उतापट्टि (सत्तापक्ष) बस्ने साना दलका माननीयज्यूहरूलाई भन्छु– अहिले नै सचेत होऔँ।’
दुईदलीय व्यवस्थाकै लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका साना दलमाथि आक्रमण भइरहको दाबी गर्दै कार्कीले भनिन्, ‘उपेन्द्र यादव र अरू पार्टीमाथि जुन प्रकारका आक्रमण भइराखेका छन्। त्यो बाघले तपाईंहरूलाई पनि खान्छ एक दिन।’