मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
दीपक भट्ट रामेछाप
२o८२ भदौ ४ बुधबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १४:४५:oo

पुष्पलाल राजमार्गअन्तर्गत रामेछापको लिखु तामाकोशी गाउँपालिका– ७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।

पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए।

काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध हुँदा बिचबाटोमै रोकिएका थिए। एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेका छन्।

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो।

सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ।