मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीद्वारा आन्दोलनको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकपक्षीय रूपमा कर्मचारीलाई निष्कासन गरेको भन्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कर्मचारी संगठनले आन्दोलन गर्ने घोषणा गरेको छ ।  

बुधबार प्रेस विज्ञप्ति निकाल्दै संगठनले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । ‘यो निर्णय केवल कर्मचारीहरूको जीवन, रोजगारी र भविष्यमाथिको गम्भीर प्रहार मात्र नभई श्रम ऐन, करार सेवासम्बन्धी प्रचलित कानुन तथा श्रमजीवी वर्गका न्यूनतम अधिकारहरूको खुला उल्लंघन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ,’ कर्मचारी संगठनका अध्यक्ष केशव कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको अन्यायपूर्ण र एकपक्षीय निर्णयलाई तुरुन्त फिर्ता गरी सम्बन्धित कर्मचारीलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न जोडदार माग गर्दछ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धतासमेत व्यवस्थापन पक्षले तत्काल जनाउनुपर्ने हाम्रो अडान छ।’ 

कर्मचारीका हकहितविपरीत गरिएको निर्णय फिर्ता नगरेमा संगठन आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रूपमा घोषणा गर्न बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुखको हुने चेतावनीसमेत दिइएको छ। 

सहरी विकास मन्त्रालयअन्तर्गतको सो समितिले निकटस्थहरूलाई भर्ना गर्न पुराना कर्मचारी हटाएको आरोप लागेको छ। केन्द्रले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सनराइज सम्मेलन केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै हटाएको हो।