मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
Invalid date format २१:२६:oo
Read Time : > 1 मिनेट
समाचार

उमेर नपुगी विवाह गरेका किशोरकिशोरीको विषयमा झडप, पाँचजना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२६:oo

सिराहाको विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुर गाउँमा उमेर नपुगी भागेर ‘प्रेम विवाह’ गरेको भनिएका किशोर र किशोरी पक्षबिच सोमबार दिउँसो झडप हुँदा पाँचजना घाइते भएका छन्। 

घाइते हुनेहरूमा प्रेम विवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट बेली भनिने अविरन महतो, उनका छोराहरू जीवन र दिपन रहेको प्रहरीले जनाएको छ । झडपमा घाइते भएकाहरूको सिराहा प्रादेशिक अस्पतालमा उपचार गरिएको भए पनि अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको स्थानीय अगुवा दिलीप पासवानले बताए।  

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उमेर नपुगी प्रेम विवाह गरेका भनिएका दुवैजनालाई आ–आफ्ना अभिभावकले जिम्मा लिएर लैजाने गरी आइतबार प्रहरीमा सहमति भएको थियो । सहमतिबमोजिम केटा पक्षले किशोर धीरज महतोलाई बुझेर लगे पनि सोमबार केटी पक्षबाट विवाह गरेकाले घर भित्र्याउनुपर्छ भन्दै महतोको घरमा पुगेपछि विवाद र झडप भएको हो। 

यस्तो थियो घटना 
स्थानीय कारी महतोका छोरा १९ वर्षीय धीरज महतोले गत २१ साउनमा स्थानीय १८ वर्षीया सदा किशोरीलाई भगाएपछि दुवै पक्षबिच पटक–पटक छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहामा १ भदौ (आइतबार) भएको छलफलमा उमेर नपुगेको कारण दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको विष्णुपुर–५ का वडाध्यक्ष जैनाथ महतोले बताए।

उनका अनुसार प्रहरीमा भएको छलफलको आधारमा दुवैको जन्म दर्ता झिकाएर हेर्दा किशोरीको १८ र केटाको १९ वर्ष रहेको पाइएपछि तत्काललाई दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको हो।  

किशोरीसहित उनका आफन्त केटाको घरमा पुगेर सोमबार दिउँसो जिम्मा लिनुपर्छ भन्दै माग गर्न थालेपछि विवाद बढेको उनले बताए । त्यही क्रममा झडप भएपछि किशोरी पक्षले सोमबार दिउँसो चोहर्वा–सिराहा सडकको लक्ष्मीपुर खण्ड केही घण्टा अवरुद्ध गरेपछि स्थिति थप भड्किन नदिन जिल्ला प्रहरी कार्यालय सिराहा, गोलबजार र मिर्चैयाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो।