मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format २o:५२:oo
Read Time : > 1 मिनेट
समाचार

अध्यक्ष यादवलाई फसाउने षड्यन्त्र गरेको भन्दै जसपा नेपालले गर्‍यो मधेशका जिल्लाहरूमा प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

आफ्ना अध्यक्षलाई फसाउन षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताले सोमबार साँझ जनकपुरसहित मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा  प्रदर्शन गरेका छन् ।

१९ वर्षअघि रौतहटको  गौरमा  भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि जसपा नेपालका नेता तथा  कार्यकर्ताहरू स्थानीय चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

यसैक्रममा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शकारीहरूले ‘उपेन्द्र यादवविरुद्धको षड्यन्त्र बन्द गर, षड्यन्त्रकारी होसियार’ जस्ता नारा लगाएका छन् । जसपा नेपालका मधेस प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले परमादेश फिर्ता नलिए आफूहरू कडा आन्दोलनमा उत्रने चेतावनी दिए । कांग्रेस र एमालेका संयुक्त सरकारले पहिचानवादी शक्तिलाई कमजोर बनाउन लागिएको बताए ।

जसपा नेपाल, धनुषाको अध्यक्ष पशुपति यादवले मधेशलाई मरुभूमि बनाउन भूमि अध्यादेश पारित नगर्दा आफ्ना अध्यक्ष उपेन्द्र यादवविरुद्ध षड्यन्त्र गरिएको दाबी गरे ।

तत्काल सांकेतिक विरोध कार्यक्रमको आयोजना गरिएको र थप संघर्षका कार्यक्रम गर्ने उनले बताए । सोमबार सर्वोच्चले गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सोमबार परमादेश दिएको छ ।

विराटनगरको रोडशेष चोकमा प्रर्दशन


सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा पनि जसपा नेपालका कार्यकर्ताले प्रर्दशन गरेका छन् । विराटनगरको रोडशेष चोकमा भेला भएका जनता समाजबादी नेपाल पार्टीका कार्यकर्ताहरुले अहिले साँझ सरकारविरुद्ध नारावाजी गर्दै प्रर्दशन गरेका हुन् ।

७ चैत ०६३ मा रौतहाटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीको आमसभामा झडप हुँदा नरसंहार भएको थियो । सोही घटनामा सर्वोच्चले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेतलाई अनुसन्धान गर्नेगरी सरकारका नाममा परमादेश गरेको हो  । 

वीरगन्जमा प्रर्दशन 
सर्वोच्चको आदेशको विरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ पर्साले वीरगन्जमा पनि सोमबार साँझ टायर बालेर प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा उनीहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतको गौर घटनामा जारी गरेको अन्यायपूर्ण परमादेशविरुद्धमा सडकमा उत्रेको उनीहरुको भनाइ छ । 

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको हो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएका हुन् ।