Skip This
काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’ सम्पन्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१५:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’ सम्पन्न

सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१५:oo

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव ०२५’ सोमबार सम्पन्न भएको छ। देशभरका विभिन्न जाति, लिंग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागितासहितको यो कार्यक्रम अन्तर्क्रिया, कार्यशाला र सिर्जनात्मक प्रस्तुतिले भरिएको उत्सवका रूपमा मनाइएको हो।

कार्यक्रमको उद्घाटन वृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको थियो। कार्यक्रममा मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा. स्मृति हरिजनले सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिएकी थिइन्।

‘सपना, संघर्ष र सफलता’ शीर्षकमा भएको प्यानल छलफलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, अभिनेता नाजिर हुसेन, मधेश प्रदेश सरकारका उपसचिव सुनीलकुमार पासवान र डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीका क्षेत्रमा सक्रिय अभियन्ता महेन्द्र पाण्डेले पनि सीमान्त आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, भारतका प्रख्यात सामाजिक अभियन्ता तथा रामोन म्यागसेसे पुरस्कार विजेता बेजवाडा विल्सन र चर्चित लेखक सिके लालले विशेष अतिथि मन्तव्य दिए। 

कार्यक्रमको अन्त्यतिर युवाद्वारा तयार गरिएको ‘युथ डिक्लेरेसन’ प्रस्तुत र अनुमोदन गरिएको थियो। समापन सत्रमा सारंगीवादक किरण नेपालीको समूह र महिलाहरूको ब्यान्ड ‘कासा’ ले प्रस्तुति दिएका थिए। साथै, चार कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्दै विविधता र एकताको सन्देश प्रेषण गरे।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले ‘डाइभर्सिटी कार्निभल’लाई विविधता र समावेशिताको अभ्यासका रूपमा वर्णन गर्दै यसबाट सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य रहेको बताए। उनका अनुसार, छलफल र कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायमा पेस गरिनेछ।