मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format २१:o८:oo
Read Time : < 1 मिनेट
समाचार

ढङढङे झरना : सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेलाई २० हजार पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

प्रचार-प्रसारको अभावमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङे झरना वर्षौदेखि ओझेलमा छ । प्राकृतिक रूपमा निकै सुन्दर भए पनि झरनाबारे पर्यटकले थाहानै नपाएपछि सिदिङ्वा गाउँपालिकाले अब सामाजिक सञ्जालको सहारा लिने भएको छ । सामाजिक सञ्जालमार्फत जसले झरनाको राम्रो प्रचार-प्रसार गर्छ उसलाई गाउँपालिकाले पुरस्कृत गर्ने घोषणा गरेको हो। 

राम्रो र उत्कृष्ट प्रचार सामग्री बनाउने व्यक्ति तथा समूहलाई स्थानीय वडा कार्यालयलले पुरस्कार दिने घोषणा गरेकाे हो। जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न ढङढङे झरनाको भिडियो सामग्री निर्माण गरी प्रचार गर्ने एकजनालाई २० हजार नगदसहित सम्मान गर्ने पालिका वडा नम्बर ५ का वडाध्यक्ष अमरबहादुर लिम्बूले जानकारी दिए। 

सिदिङ्वा गाउँपालिका– ५, लिम्बुदिन र वडा नम्बर ६ मेहेलेको सिमानामा भएर बग्ने उक्त झरना प्रवर्द्धन र विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन पालिका लागि परेको वडाध्यक्ष लिम्बूले बताए । वडा कार्यालयले आइतबार एक सूचना नै जारी गरी सामाजिक सञ्जालमा उत्कृष्ट फोटो, भिडियो र टिकटक सामग्री बनाई ढङढङे झरनाको प्रचार गर्नेलाई पुरस्कृत गर्ने जनाइएको छ। 

वडाध्यक्ष लिम्बूका अनुसार ढङढङे झरना र उक्त क्षेत्रको रमणीय दृश्य समेटिएको कम्तीमा एक मिनेटको उत्कृष्ट भिडियो सामग्री बनाई प्रचार-प्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता, व्यक्ति, पेज वा समूहलाई छनोट गरी पुरस्कृत गरिने र उक्त पुरस्कारले ढङढङे झरनाको प्रवर्द्धन र थप विकास गर्नमा टेवा पुग्ने विश्वास लिएको वडाध्यक्ष लिम्बूले जानकारी दिए। 

पुरस्कारका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले आउँदो २५ साउनसम्म आफूले सञ्जालमा प्रयोग गरेको ढङढङे झरनासम्बन्धी भिडियो सामग्री वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। तोकिएको समयावधिभित्र उपलब्ध भिडियो सामग्रीमध्ये उत्कृष्ट छनोट गरी पुरस्कार दिइने बताइएको छ।