मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवचुलीमा सालनालसहितको नवजात शिशु मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

नवलपुरको देवचुली नगरपालिका– १ स्थित देवी गैरा सामुदायिक वनमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

आइतबार दिउँसो पौने ४ बजेतिर देवी गैरा सामुदायिक वन नजिकै सडकको छेउमा सालनालसहितको नवजात शिशु (छोरा) मृत फेला परेको नवलपुर प्रहरीले जनाएको छ। तन्नामा पोको पारी फालेको अवस्थामा मृत फेला परेको भनी स्थानीयमार्फत जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय रजहरबाट अन्दाजी ४–५ किलोमिटर दक्षिण पश्‍चिममा रहेको प्रहरीले जनाएको छ।