मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को नयाँ गीत सार्वजनिक भएको छ। ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ।

सुनील क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ। भिडियोमा ठुलो संख्यामा कोरस प्रयोग गरिएको छ। कोरियोग्राफीमा पनि मिहिनेत गर्दा भिडियो राम्रो बनेको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायतका कलाकारहरूको अभिनय छ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। चलचित्रको एसोसिएट निर्देशकमा मनीष राउत छन्।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल छन्।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।