
नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यू–१४ टोलीले उपाधि जितेको हो ।
उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित गर्यो । विजयी टिमका लागि रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले समान १ गोल गरेका थिए ।