
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १२ नेवारेमा शुक्रबार करेन्ट लागेर श्रीमान् र श्रीमतीको मृत्यु भएको छ।
घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा दुवैलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा बिहान दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए।