मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 24 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format o९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलचालकको ज्यान गएको छ। बुधबार मध्यराति लालबन्दी नगरपालिका– १, नवलपुरस्थित बागवानी लच्कामा तेल बोक्ने को.१ख ५९३८ नम्बरको खाली ट्यांकरले बा.८७प १३७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलचालक हरिवन नगरपालिका– ४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार लालबन्दीबाट नवलपुरतर्फ आउँदै गरेको ट्यांकरले राति विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलचालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको  थियो । 

प्रदेशिक अस्पताल मलंगवाका चिकित्सकले उनलाई मृत घोषणा गरेकाे इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । प्रहरीले दुर्घटनामा संलग्न ट्यांकर र त्यसका चालक सुनसरीको रामधुनी नगरपालिका– ९ घर भएका ३२ वर्षीय अरविन्द महतोलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।