
सल्यान प्रहरीले कुटपिट मुद्दामा दाेषी ठहर भई फरार रहेका चारजनालाई पक्राउ गरेको छ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका– ८, का २६ वर्षीय रामबहादुर राना, ३९ वर्षीय मनवर्ती घर्ती, २२ वर्षीय हरिलाल विक र ३६ वर्षीय रमेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सल्यान जिल्ला अदालतले २०८१ फागुन २१ गते जनही २०/२० दिन र जनही ३५ हजारका दरले जरिवाना तोकेको थियो। अदालतले फैसला गरेदेखि फरार रहेका उनीहरूलाई आफ्नै गाउँघरमा लुकीछुपी बसिरहेको अवस्थामा आज मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।