मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहा कारागारमा झडप, १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा आइतबार अपराह्न साढे तीन बजेतिर कैदीबन्दीहरूबिच दोहोरो झडप भएको छ।

झडपमा १३ जना घाइते भएको प्रारम्भिक सूचना पाएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ।

‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ,’ उनले भने, ‘अवस्था सामान्य नै भन्ने छ।’ घटनाबारे प्ररम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको उनले जानकारी दिए। 

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशंकामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदीबन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो। 

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदीबन्दीबिच दोहोरो झडप भएको हो। झडपको विषयमा बुझ्न पटकपटक प्रयास गरिए पनि कारागार प्रमुख सुबाेध महतो सम्पर्कमा आएनन्।