मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ४ आइतबार १६:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघ र लुम्बिनी बौद्ध विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १६:४५:oo

शैक्षिक र औद्योगिक क्षेत्रबिच सहकार्य मजबुत पार्ने तथा लुम्बिनीलाई विश्व शान्ति र पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध विश्वविद्यालय (एलबियू)बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा आज नक्सालस्थित निक्कीको सचिवालयमा निक्कीका अध्यक्ष सुनिल केसी र एलबियूका पउकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले हस्ताक्षर गरेका हुन्। समझदारीपत्रले शैक्षिक–औद्योगिक सहकार्य प्रवर्द्धन, इन्टर्नसिप तथा रोजगारीको अवसर उपलब्धतामा सहजीकरण गर्ने, संयुक्त अनुसन्धानात्मक कार्य तथा नवप्रवर्तन कार्यक्रमलाई प्रवर्द्धन गर्ने, ज्ञानको आदानप्रदान, संयुक्त अध्ययन र प्रकाशन, साथै लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा स्थापित गर्ने तथा पर्यटनको प्रवर्द्धनमा सहकार्य गर्नेलगायतका प्रमुख क्षेत्रहरूलाई समेटेको छ।

कार्यक्रममा प्राडा बज्राचार्यले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक, आध्यात्मिक तथा पर्यटनको केन्द्रको रूपमा रूपान्तरण गर्ने आफ्नो दृष्टिकोणसहितको गरुयोजना साझा गरे। उनले २२ हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई एलबियूमा आकर्षित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै पाठ्यक्रम विकास तथा पूर्वाधार निर्माणसहितको गुरुयोजना (मास्टर प्लान) कार्यान्वयनमा रहेको जानकारी दिए।

निक्कीका अध्यक्ष केसीले नेपाल–भारतबिचको द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न संघ प्रतिबद्ध रहेको बताउँदै अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन तथा संयुक्त शैक्षिक–औद्योगिक कार्यक्रमजस्ता क्षेत्रमा भावी सहकार्यप्रति उत्साह व्यक्त गरे।

यो साझेदारीले शैक्षिक स्रोत र औद्योगिक अनुभवलाई समायोजन गर्दै राष्ट्रिय विकासमा योगदान पुर्‍याउने र लुम्बिनीलाई विश्वस्तरमा पहिचान अभिवृद्धि गर्ने रणनीतिक कदमको रूपमा लिइएको छ।