
रोल्पामा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ ।
लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका- ४ उवा, थापाखर्कका ७२ वर्षीया गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहितकुमार शाहीका अनुसार भान्सा घरमा बसिरहेका घर्तीमगको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा मृत्यु भएको बताए।
घटनास्थलमा अहिले प्रहरी हवल्दारको नेतृत्वमा पाँचजनको टोली र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।