मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ४ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको विवरण अद्यावधिक नगरिएपछि कानुन व्यवसायी लिएर निर्वाचन आयोग पुग्यो रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १३:२९:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कवीन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । उनी केही कानुन व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले बताए ।

‘हामीले सबै कागजात पेस गरिसकेका छौँ । अदालतले पनि कुनै स्टे अर्डर दिएको छैन । तैपनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौँ,’ उनले भने ।

राप्रपाका निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधीन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् । ‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि बाधा छैन,’ बुर्लाकोटीले भने ।