मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार

सेउती, बुढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बुढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बिहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्यांकमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाे भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ।
    
यसैबिच, इटहरी उपमहानगरपालिका ३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ।