मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार विद्यार्थी सहभागी, आज नतिजा प्रकाशन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

काठमाडौं महानगरअन्तर्गतकोे कक्षा ११–१२ को छात्रवृत्ति कोटाका लागि शनिबार भएको प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका छन् । महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए । 

महानगरले १६० संस्थागत विद्यालयमा करिब चार हजारभन्दा बढी सिटमा छात्रवृत्ति उपलब्ध गराउँछ । ४०% सामुदायिक विद्यालयका, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका, १४% काठमाडौं महानगरका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई कोटा छुट्याइएको छ ।

यसका अतिरिक्त, महिला, दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र सहिद–बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ ।