मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ४ आइतबार o५:५o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : भ्यागुतो र नौनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार o५:५o:oo

गाउँको गोठनजिकै एउटा भ्यागुतो खुसीले उफ्रिँदै यताउता गरिरहेको थियो । त्यहाँ नजिकै केही घर र गोठ थिए । भ्यागुतोलाई गोठको वरिपरि घुमेर हेर्न मन लाग्यो । ऊ गोठको वरिपरि के रहेछ भनेर जान्न चाहन्थ्यो । भ्यागुतो खुसीले बुरुकबुरुक उफ्रिँदै यताउता दौडिन थाल्यो । खुसीले उफ्रिँदा उसले कहाँ के छ र कता जाँदा कस्तो खतरा हुन सक्छ भन्नेतिर ध्यान दिएन । परिणामत: ऊ दुध राखिएको एउटा अलि गहिरो भाँडामा खस्यो । 

भाँडामा खसेपछि उसको सातो गयो । उसले भाँडाबाट बाहिर निस्कने भरमग्दुर प्रयत्न गर्‍यो । तर, भाँडो उसको आकारका आधारमा हेर्दा निकै गहिरो भएकाले ऊ बाहिर निस्कन सक्ने सम्भावना थिएन । जतिसुकै प्रयत्न गरे पनि ऊ दुधको भाँडाबाट बाहिर निस्कन सकेन । बाहिर निस्कन नसके पनि उसले हिम्मत भने हारेन । उसले बाहिर निस्कने प्रयत्न जारी नै राख्यो । ऊ जसरी पनि बाहिर निस्कन चाहन्थ्यो । त्यसैले, उसले आफ्नो प्रयासलाई निरन्तरता दियो । ऊ यता घुम्यो, उता घुम्यो । कहिले यता गयो, कहिले उता । तर, उसको प्रयास सब बेकार भयो । ऊ बाहिर निस्कन सकेन । 

तर, भ्यागुताले जतिजति यताउता गर्दै गयो, त्यति नै त्यो दुधबाट नौनी निस्कँदै गयो । अनि बिस्तारै सबै नौनी एकै ठाउँमा जम्मा हुँदा भाँडाभित्र नौनीको ठुलै डल्लो तयार भयो । उसले यताउता गर्दागर्दै नौनीको डल्लो कडा पनि हुँदै गयो । जब नौनीको ठुलै डल्लो तयार भयो, त्यसपछि त्यो भ्यागुतो सोही नौनीमाथि टेकी बलैले उफ्रेर बाहिर निस्कियो ।