मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ४ आइतबार oo:२४:oo
Read Time : < 1 मिनेट
समाचार

बिद्या भण्डारीको सदस्यता नवीकरण स्थगनमा एमालेको दाबी, जिम्मेवारीबारे निर्णय गर्ने अधिकार ओलीलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार oo:२४:oo

राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको सदस्यता नवीकरण भइनसकेको एमालेले प्रष्टीकरण दिएको छ। भण्डारी एमाले अध्यक्ष बन्ने उदेश्यसहित राजनीतिमा सक्रिय भएपछि उनको सदस्यता नवीकरण नै रोकिएको हो । 

 शनिबारको पोलिटब्यूरो बैठकपछि कुरा गर्दै एमालृेका प्रचार विभाग प्रमुख गौतमले पार्टीको पार्टी विधानको धारा ८ र ९ आर्कषित भएकाले  नवीकरण स्थगन भएको बताएका छन्। 

‘नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र धारा ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ,’ गौतमले भने, ‘पार्टीको धारा ८ र ९को व्याख्यापछि पार्टीले निर्णय लिन्छ।’

भण्डारीलाई एमालेमा जिम्मेवारी दिने लगायतका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्णय लिने अधिकार दिइएको छ । एमालेका कतिपय नेता भण्डारीलाई स्वागत गर्ने पक्षमा छन् भने केही भने रोक्न लागिपरेका छन्। 

पार्टी अध्यक्ष ओलीले पार्टीभित्र निरकुंश शैली अपनाएको भन्दै कतिपय नेता उनको विकल्पमा भण्डारीलाई अघि सारिरहेका छन्। ओली निकट नेताहरु भने भण्डारीलाई पार्टी राजनीतिमा आउनै दिन नहुने पक्षमा उभिएका छन्। 

शनिबार बसेको बैठकले बिधान संशोधन मस्यौदा पारित गरेको छ। मस्यौदामा ७० वर्षे उमेरहद हटाउने, दुई कार्यकालको प्रावधान नराख्ने तथा पदाधिकारी १५ सदस्यीय बनाउने प्रावधान छन्। अब सो मस्यौदा केन्द्रीय समिति बैठक र बिधान महाधिवेशनमा पेश हुने भएको छ।